काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले मंगलबार साढे ११ बजे श्वेतपत्र जारी गर्ने जनाएको थियो । तर मंगलबार केही प्राविधिक कारणले गर्दा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जारी गर्ने श्वेतपत्र कार्यक्रम स्थगित गरेकेो जनाएको हो ।

