प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छिन् । सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताइन् ।

