आज वैशाख शुक्लपक्ष द्वितीया तिथि , १६ गते मङ्गलबार - कुन राशिको लागि कस्तो?


आज वैशाख शुक्लपक्ष द्वितीया तिथि ,  १६ गते मङ्गलबार - कुन राशिको लागि कस्तो?

वैशाख १६ गते मङ्गलबार, वैशाख शुक्लपक्ष द्वितीया तिथि

मेष
मनमा प्रशन्नता मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्।

वृष
शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोश जागर बढ्नेछ।कार्यक्षेत्रमा प्रगति हुनेछ।

मिथुन
विजय प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ।

कर्कट
हर्ष बढ्नेछ। आकस्मिक लाभ मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

सिंह
स्वास्थ्यमा सुधार हुनेछ। खुसी मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या
आज सुरु गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

तुला
आयआर्जन बढ्नेछ। मनमा खुसी मिल्नेछ। सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ।

वृश्चिक
कर्म क्षेत्र अब्बल रहनेछ। रोगबाट मुक्त हुने सम्भावना छ। काममा सफलता मिल्नेछ।

धनु
मानसम्मान बढ्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

मकर
सोचेर मात्र बोल्नुपर्नेछ। दैनिकी आनन्दमय चल्नेछ। भूमीसम्बन्धी काममा उन्नती हुनेछ।

कुम्भ
आफन्तबाट सहयोग मिल्नेछ। व्यवसायमा लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ।

मीन
आफन्तको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ।