९ महिनामा साढे ३ अर्ब बढीको चिया निर्यात, घटेन आयात


९ महिनामा साढे ३ अर्ब बढीको चिया निर्यात, घटेन आयात

१५ वैशाख, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ३ अर्ब ६३ करोड रुपैयाँको चिया निर्यात गरेको छ । नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार नेपालले उक्त रकम बराबरको १ करोड ६५ लाख किलो चिया निर्यात गरेको हो ।

२९औं चिया दिवसका अवसरमा बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आव अन्तिमसम्म ४ अर्ब ५० करोड रुपैयाँको निर्यात हुने अनुमान छ ।

Read More