माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल कार्य सम्पन्न


माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल कार्य सम्पन्न

देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलको सबै काम सम्पन्न गरेको छ। कन्स्ट्रक्सनले उक्त कार्यहरु २०८१ फागुन मसान्तसम्म सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण समेत गरि सकेको जनाएको छ। 

माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य भने हाल भारतको बीएफएल कम्पनीले गरिरहेको छ। आयोजना निर्माण गर्ने क्रममा प्रत्येक वर्ष करिब चार महिनासम्म “मालाङ” भनिने स्थानमा पहिरो जाँदा काम पूर्ण रूपमा अवरुद्ध हुने अवस्था आउने थियो। 

Read More