संघ सरकारको राष्ट्र बैंक जस्तै प्रदेश सरकारलाई पनि आफ्नै बैंकको माग


संघ सरकारको राष्ट्र बैंक जस्तै प्रदेश सरकारलाई पनि आफ्नै बैंकको माग

भैरहवा (रूपन्देही) । नेपाल राष्ट्र बैंक संघ सरकारको केन्द्रिय बैंकको रुपमा रहे जस्तै प्रदेश सरकारको लागि पनि केन्द्रिय बैंक आवश्यक रहेको लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेत नारायण आचार्यले बताएका छन् । उनले प्रदेश सरकार यसको लागि नेपाल राष्ट्र बैंक संग आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताए । 

आईतबार भैरहवामा आयोजित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरद्वारा आयोजित ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मूख्यमन्त्री आचार्यले वित्तिय अनुसशासन कायम गर्न राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन। आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

Read More