काठमाडौँ । नेपालमा उत्पादित विद्युत्ले नेपालको ऊर्जा मागलाई धान्न सकेको छैन । नेपालमा झन्डै एक दशकअघि लोडसेडिङ हुन छाडे पनि पछिल्लो समय औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङको मार खेप्नु परेको छ । उक्त विषय प्राधिकरणले समेत स्वीकार गरेको छ ।
वर्षाको समयमा विद्युत् निर्यात गर्ने अवस्थामा नेपाल भए पनि खुक्खायाममा भारतबाट विद्युत् आयात गरेर देशको ऊर्जा मागलाई धान्नुपर्ने अवस्था छ ।
गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक विद्युत् मागका कारण नेपालतर्फ मागअनुसार नदिएको प्राधिकरणले नै जानकारी दिएको छ । नेपालले विद्युत् किन्न खोज्दा पनि नपाउने अवस्था छ ।


