काठमाडौं । विश्व बैंकले नेपालसहित अन्य दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति थप खस्किन सक्ने चेतावनी दिएको छ । विश्व परिदृश्यमा दक्षिण एसियाली क्षेत्रको पछिल्लो आर्थिक सर्वेक्षण (रिजनल आउट लुक) बुधबार सार्वजनिक गर्दै विश्व बैंकले अघिल्लो अक्टोबरमा अनुमान गरिएको भन्दा पनि अर्थतन्त्र खस्किने उल्लेख गरेको हो ।
विश्व बैंकको दुईपटक वार्षिक प्रकाशित हुने ‘दक्षिण एसिया विकास अद्यावधिक रिपोर्ट ः करको समय’ अनुसार, सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ, जुन अघिल्लो अक्टोबरको प्रक्षेपणभन्दा शून्य दशमलव ४ प्रतिशत अंक कम हो ।


