काठमाडौं । अमेरिकी सरकारले आफ्नो प्रमुख विकास सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहयोग नीतिमा ठूलो परिवर्तन गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विकास सहयोग संस्थाहरू बन्द गर्ने निर्णय गरेका हुन् । यो निर्णय ट्रम्प प्रशासनले संघीय सरकारलाई सानो बनाउने र अमेरिकी करदाताको पैसा विदेशमा खर्च नगर्ने नीतिको अंग हो।
"एलन मस्कको 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी' ले गरिबी न्यूनीकरण र विश्वव्यापी आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्यले पूर्व राष्ट्रपति जर्ज डब्ल्यु. बुशले स्थापना गरेको एक अमेरिकी सहायता संस्थाको कार्यक्रम अन्त्य गर्दैछ,' समाचार संस्था रॉयटर्सले लेखेको छ । रोयटर्सले एमसीसीका कर्मचारी बैठकको रेकर्डिङ र इमेल प्राप्त गरेको दाबी गरेको छ ।


