पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो : अर्थमन्त्री पौडेल


पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो : अर्थमन्त्री पौडेल

काठमाडौँ — पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको भएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको बताए । 

‘अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो,’ उनले भने, ‘विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो ।’

Read More