वाणिज्य बैंकहरूको साढे ४८ खर्ब कर्जामा २ खर्ब खराब


वाणिज्य बैंकहरूको साढे ४८ खर्ब कर्जामा २ खर्ब खराब

काठमाडौं : आर्थिक वर्षको सुरुवातदेखि कर्जा असुली नहँुदा खराब कर्जामा बैंकहरूले दबाब खेप्दै आएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत)सम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको खराब अर्थात् निस्क्रिय कर्जा (एनपीएल) औसत ४.९३ प्रतिशत पुगेको छ । जबकि यसअघिको आर्थिक वर्षको सोही अवधिमा ३.६५ प्रतिशत थियो ।

१ वर्षको अन्तरमा थप १.२८ प्रतिशत बिन्दुले खराब कर्जा थपिएको छ । आन्तरिक अर्थतन्त्र चाहेजस्तो चलायमान हुन नसक्दाको प्रभाव बैंकिङ क्षेत्रमा कर्जा असुलीमा देखिएको सरोकारवालाहरू बताउँछन् । यसै क्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल अहिलेको अवस्थामा खराब कर्जा बढ्नु स्वाभाविक भएको बताउँछन् । 

Read More