अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका अमिन दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्राधिकरणअन्तर्गत काठमाडौंस्थित जिल्ला आयुक्तको कार्यालयबाट सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा कार्यरत यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको अभियोगमा मुद्दा दायर गरेको हो।


