स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए । 

Read More