सांघाईमा एटीएमबाटै सुन बिक्री गर्न सकिने : 'गोल्ड एटीएम' ले क्षणभरमै सुन पगालेर ग्राहकको खातामा पैसा ट्रान्सफर गरिदिने


सांघाईमा एटीएमबाटै सुन बिक्री गर्न सकिने : 'गोल्ड एटीएम' ले क्षणभरमै सुन पगालेर ग्राहकको खातामा पैसा ट्रान्सफर गरिदिने

काठमाडौं स् चीनको सांघाईमा पहिलो पटक सुरु भएको ुगोल्ड एटीएमु मा ग्राहकहरुको घुईंचो लाग्न थालेको छ । एटीएम मेसिनबाटै सुन बिक्री गर्न सकिने भएपछि मूल्य रेकर्ड उच्चतम स्तरमा बढ्दै जाँदा यसले भीड पनि तानिरहेको चीनको सरकारी स्वामित्वको अंग्रेजी भाषाको अनलाइन पत्रिका सिक्स्थ टोनले रिपोर्ट गरेको छ ।एटीएम सुरु हुने बित्तिकै दर्जनौं मानिसहरु १२०० डिग्री सेल्सियसमा सुन पग्लिरहेको हेर्दै एटीएम वरिपरि जम्मा हुने गर्दछन् । प्रत्येक ग्राहकलाई नगदको लागि गहना साट्ने सहज प्रक्रियामा मार्गदर्शन गर्न कर्मचारीहरु खटिएका हुन्छन् । पुराना ब्रेसलेट र नेकलेसहरु तुरुन्तै भुक्तानीको लागि साटिँदै गरेको दृश्य जिज्ञासा र कारोबारको मिश्रण बनेको छ ।

Read More