पछिल्लो नौ महिनामा नेपालको वैदेशिक व्यापार: आयात/निर्यात दुबैमा वृद्धि, व्यापार घाटा भने घट्दै


पछिल्लो नौ महिनामा नेपालको वैदेशिक व्यापार: आयात/निर्यात दुबैमा वृद्धि, व्यापार घाटा भने घट्दै

काठमाडौं ।आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउन-चैत्र सम्म)मा नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको । भन्सारको तथ्यांक राख्ने तालुकदार निकाय भन्सार विभागले  जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपाली वस्तु निर्यातमा ६५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ भने आयातमा पनि सामान्य वृद्धि भएको छ।

निर्यात तर्फ गत आर्थिक वर्ष (२०८०/८१) को सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले वृद्धि भइ रु. १८८.२ अर्ब पुगेको छ । गत वर्ष: रु. ११३.९५ अर्ब बरावरको निर्यात भएको थियो । कुल व्यापारमा निर्यातको हिस्सा  ८.८९ प्रतिशत  बाट बढेर १२.५७ प्रतिशत पुगेको छ।

Read More