काठमाडौं । सरकारको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकामा चैत मसान्तसम्ममा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँ थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
चैतमा मात्र लियो २ खर्ब ३३ अर्ब ऋण
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४६ दशमलव ७५ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण वृद्धि हुनुको कारण आर्थिक वर्षको चैत मसान्तसम्म विनिमय दरमा भएको परिवर्तनले ७० अर्ब ९ करोड रुपैयाँ सार्वजनिक ऋण दायित्वको वृद्धिमा प्रभाव परेको दाबी गरिएको छ ।


