काठमाडौँ । स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिन अस्पतालले आनाकानी गर्न थालेका छन् । सरकारले अस्पताललाई रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाबाट हुँदै आएको उपचारमा नागरिकले समस्या भोग्न पनि थालेका छन् ।
देशभर ४ सय ८५ वटा अस्पताललाई सरकारले स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवाका लागि रकम भुक्तानी दिँदै आएको छ । तर पछिल्लो १० महिनायता औषधि उपचारमा अस्पतालले भुक्तानी पाउन नसकेको गुनासो गरिरहेका छन् । यसले गर्दा बिमामार्फत औषधि उपचार गर्न नसक्ने गुनासो आउन थालेको हो ।


