काठमाडौं : बंगलादेशले बिहीबार सन् १९७१ को स्वतन्त्रता युद्धका क्रममा पाकिस्तानी सशस्त्र बलद्वारा गरिएको नरसंहारका लागि औपचारिक माफी माग्न पाकिस्तानलाई आग्रह गर्दै ४.३ अर्ब अमेरिकी डलरको पनि माग गरेको छ । सन् २०१० यता पहिलो पटक यी दुइबीच भएको परराष्ट्र सचिवस्तरीय वार्तामा बंगलादेशले उक्त माग गरेको हो ।
दुई देशबीच १५ वर्षपछि भएको कूटनीतिक वर्तामार्फत बिग्रिएको सम्बन्ध सुधार गर्ने उद्देश्य राखिएको छ । ढाकामा सम्पन्न भएको परराष्ट्र कार्यालय स्तरीय परामर्शका क्रममा उक्त माग राखिएको थियो । बंगलादेशका परराष्ट्र सचिव मोहम्मद जशिम उद्दिन र उनका पाकिस्तानी समकक्षी आम्ना बलोचको नेतृत्वमा दुई देशबीच वार्ता सम्पन्न भएको थियो ।


