अनलाइन भुक्तानी असुरक्षित भएकै हो ?


अनलाइन भुक्तानी असुरक्षित भएकै हो ?

काठमाडौं : कञ्चनपुरको कृष्णनगर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढा ईसेवाबाट एक करोड बढी चोरी गरेको कसुरमा पक्राउ परेका छन्। उनले विभिन्न नम्बरहरूमा फिसिङ लिंक पठाएर, द अर्लट, एटी अलर्टजस्ता माध्यमबाट म्यासेज पठाएर ईसेवा अकाउन्ट ह्याक गरी १ करोड २ लाख रुपैयाँ चोरी गरेको आरोप छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अंगुर जीसीका अनुसार उनलाई वैशाख २ मा उनलाई कालीमाटीबाट पक्राउ गरिएको हो। उनले ईसेवाको ४३ सय बढी अकाउन्ट ह्याक गरी उक्त रकम चोरी गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बुढाले ४३ सय बढी ईसेवा अकाउन्टमा कसरी एक्सेस पाए खोजी भइरहेको प्रवक्ता जीसीले बताए। उनले फिसिङ लिंकमार्फत म्यासेज पठाई ईसेवा ग्राहकलाई तपाईको खाता सस्पेन्ड हुन लाग्याछ, भेरिफाई गर्नका लागि यो लिंक खोल्नुहोस् भनेर चेतावनी दिने गर्थे। उक्त लिंकमार्फत अनधिकृत रूपमा ईसेवामा पहँुच पु¥याएर उक्त अकाउन्टमा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्राइभेट लिमिटेड नामक कम्पनीको खातामा पठाउने गर्थे। उक्त कम्पनी आरोपित बुढाकै नाममा खोलिएको प्रहरीले बताएको छ।

Read More