हचुवामा आयोजना, हटेन रकमान्तरको प्रवृत्ति


हचुवामा आयोजना, हटेन रकमान्तरको प्रवृत्ति

काठमाडौं  : यस वर्ष फागुनसम्म ७ अर्ब ७७ करोड ९९ लाख ११ हजार रुपैयाँ रकमान्तर गरिएको छ । अर्थात्, विभिन्न आयोजनाको रकम काटेर अरू नै आयोजनामा खन्याएर खर्च गरिएको छ । यसको अर्थ हो, जुन आयोजनामा जति बजेट छुट्ट्याइएको हुन्छ, त्यो खर्च नभएपछि अर्कै आयोजनामा लगेर खर्च गरिन्छ । पुँजीगत (विकास) खर्च नभएपछि रकमान्तर गर्ने प्रचलन विगतदेखि चल्दै आएको छ ।

यस्तो किन हुन्छ त ? विज्ञहरू भन्छन्, ‘पुँजीगत खर्च नभएपछि रकमान्तर हुने हो । तर रकमान्तर गर्दा पारदर्शिता हुँदैन । सत्ता र शक्ति हुनेले आफू अनुकूलका आयोजनामा रकमान्तर गरेर आर्थिक वर्षको अन्तिमतिर मनलाग्दी खर्च गर्ने चलन छ । र, रकमान्तरबाट आयोजनाको गुणस्तर पनि हुँदैन ।’

Read More