प्राइभेट कम्पनी र व्यक्तिगत आम्दानीमा उल्लेखनीय सुधार: आयकर कहाँ बढ्यो, कहाँ घट्यो?


प्राइभेट कम्पनी र व्यक्तिगत आम्दानीमा उल्लेखनीय सुधार: आयकर कहाँ बढ्यो, कहाँ घट्यो?

व्यक्तिगत आय र प्राइभेट कम्पनीको आयमा पछिल्लो दुई वर्ष नै सुधार देखिएको छ।

त्यस्तै लगानीबाट हुने आयमा पनि सुधार देखिएको छ।

तर, सरकारी संस्थान र पब्लिक लिमिटेड कम्पनीको आय घट्दा चालु वर्षमा समग्र आयकर प्रभावित भएको छ। मूल्य अभिवृद्धिकर, अन्तशुल्क लगायतका करहरूमा औसत वृद्धिदर देखिए पनि आयकर वृद्धिदर न्यून देखिएको हो।

यो वर्ष प्राइभेट कम्पनीको समग्र आयकर १८.६५ प्रतिशतले बढेर ७५ अर्ब ४६ करोड संकलन भएको छ।

गत आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) को अवधिमा ६.६ प्रतिशतको वृद्धि भएर ६३ अर्ब ६० करोड संकलन भएको थियो। आर्थिक वर्ष २०७९/८० को नौ महिनामा भने ५९ अर्ब रूपैयाँ मात्रै संकलन भएको थियो।

व्यक्तिगत आयकरतर्फ पारिश्रमिक करमा सामान्य कमी देखिएको छ। यस्तो कर ०.९ प्रतिशतले घटेको छ। व्यक्तिगत आय तथा स्वामित्वबाट हुने आयमा लाग्ने करको संकलन ११ प्रतिशतले बढेको छ।

Read More