भ्रष्टाचारी ठहर भएकाहरूको सम्पत्ति धमाधम जफत


भ्रष्टाचारी ठहर भएकाहरूको सम्पत्ति धमाधम जफत

काठमाडौं । सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्बेदीको जग्गा, सेयर र नगद जफत गरेको छ । सर्वोच्च अदालतको २१ भदौ २०६८ को फैसलाबमोजिम चतुर्र्बेदीको जग्गा, सेयर र नगद जफत गरिएको हो ।

नेपाल वायुसेवा निगम (नेवानि)का अध्यक्ष, नेसनल कन्स्ट्रक्सन कम्पनी लिमिटेडका प्रबन्धकलगायत पद हासिल गरेका उनी नेता र उच्चपदस्थसँग उत्तिकै निकट पहुँच र सम्बन्ध राख्थे । त्यसकै आधारमा उनले लिएको लाभ र आर्जन गरेको वैध–अवैध सम्पत्ति सार्वजनिक भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चतुर्बेदीलाई गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Read More