आजको आर्थिक राशिफल: वैशाख ३ गते बुधबार - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल: वैशाख ३ गते बुधबार - कुन राशिको लागि कस्तो?

वैशाख ३ गते बुधबार, वैशाख कृष्णपक्ष तृतीया तिथि

मेष
खर्चमा वृद्धि हुन सक्छ। प्रतिस्पर्धीबाट सतर्क रहनु आवश्यक छ।

वृष
महत्वपूर्ण काम सम्पन्न हुने सम्भावना छ। धनागममा वृद्धि हुनेछ।

मिथुन
दीर्घकालीन लाभ प्राप्त हुने कार्यतर्फ लाग्न सकिनेछ। अचल सम्पत्तिबाट फाइदा हुनेछ।

कर्कट
बौद्धिक व्यक्तिहरुबाट सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्र राम्रो रहनेछ।

सिंह
व्यवसायमा नोक्सानको सामना गर्नुपर्ने हुन सक्छ। पारिवारिक कलह बढ्न सक्छ।

कन्या
व्यवसाय र काममा आफ्नो प्रभुत्व स्थापना गर्न सकिनेछ।

तुला
काममा प्रगति र आम्दानीमा वृद्धि हुने सम्भावना छ।

वृश्चिक
कामबाट सन्तुष्टि प्राप्त हुनेछ। उपहार वा आकस्मिक धन मिल्न सक्छ।

धनु
अनावश्यक खर्च वृद्धि र काममा अवरोध आउन सक्नेछ।

मकर
आम्दानीका नयाँ बाटोहरू खुल्नेछन्। व्यापारबाट राम्रो लाभ मिल्नेछ।

कुम्भ
पदोन्नति सम्भावना छ। नयाँ तरिकामा कार्यसम्पादन गर्न सकिनेछ।

मीन
सामाजिक मानसम्मान प्राप्त हुने सम्भावना छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।