३१ चैत, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिमा उच्च वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा ५८ अर्ब हाराहारी एफडीआई स्वीकृत भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले धेरै हो ।
यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । अघिल्लो वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको उद्योग विभागको तथ्यांक छ ।


