नेपाल राष्ट्र बैंकले नेपालका दश ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणको लागि भनेर केही समय अघि नै सर्टलिस्टमा परेका ६ जना परामर्शदाताको नाम सार्वजनिक गरेको थियो।
सन् २०२३ को अन्त्य वा सन् २०२४ भित्र नेपालका १० ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण हुने भनिए पनि यसमा केही ढिलाइ भएको हो।
नयाँ कार्यतालिका अनुसार मे २०२५ भित्रमा यस्तो परीक्षण सक्ने भनिएको छ। त्यस्तै, बाह्य परीक्षणहरूसँगको सहकार्यमा डिसेम्बर २०२५ सम्ममा राष्ट्र बैंकले पनि यी दश बैंकको स्थलगत अनुगमन गर्ने कार्यतालिका छ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा नै उनीहरूको सम्पत्ति हो। यसर्थ ठूला बैंकहरूको कर्जाको गुणस्तरको मूल्यांकन हुन लागेको हो।


