२० महिनादेखि हाइड्रोको आईपीओ रोकिएको भन्दै इप्पानद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


२० महिनादेखि हाइड्रोको आईपीओ रोकिएको भन्दै इप्पानद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

लगातार २० महिनादेखि जलविद्युत कम्पनीहरूले शेयर निष्काशनको अनुमति नपाएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

इप्पानले शेयर निष्काशन नहुँदा ५३ जलविद्युत कम्पनी प्रभावित भएको उल्लेख गर्दै ४२ कम्पनीको करिब २० अर्ब रुपैयाँ बराबरको आईपीओ रोकिएको, ११ कम्पनीको साढे ४ अर्बको हकप्रद शेयर (राइट शेयर) अनुमति पनि नपाएको बताएको छ। बोर्डले ‘रियल नेटवर्थ’ ९० भन्दा माथि हुनुपर्ने लेखा समितिको निर्णय देखाएर शेयर निष्काशन रोकेको हो। इप्पानले यस्तो शब्दावली कानूनी रूपमा परिभाषित नै नभएको र यसले आयोजना निर्माणमा गम्भीर संकट निम्त्याएको जनाएको छ।

Read More