अमेरिकाले चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने भएको छ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सूचना जारी स्मार्टफोन, कम्युटर लगायतका इलेक्ट्रोनिक सामानहरूमा भन्सार छुट दिने निर्णय भएको जनाएको छ।
विभागले त्यस्ता सामानहरुको कोड नम्बर सार्वजनिक गरी ती सामग्रीहरूमा भन्सार दर संशोधन गरी छुट दिएको जनाएको छ।यसमा सबै खालका कम्प्युटर, ल्यापटप, डिस्क ड्राइभसहित २० उत्पादन समावेश छन्।


