गोदावरी स्टिलले आईपीओ निष्कासन गर्ने


गोदावरी स्टिलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । गोदावरी स्टिल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २१ गते वसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन लगाएत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत , जारी तथा चुक्तापूँजी बृद्धि गर्ने र सर्वसाधारणमा आईपीओ जारी गर्ने निर्णय गर्नेछ । आईपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी भने सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

Read More