संचालकहरुको शेयर १ बर्षसम्म विक्री गर्न नपाउने व्यवस्था अव्यवहारिकः निर्जीवन बीमा व्यवसायी संघ


संचालकहरुको शेयर १ बर्षसम्म विक्री गर्न नपाउने व्यवस्था अव्यवहारिकः निर्जीवन बीमा व्यवसायी संघ

नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासंगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाईबारे ध्यानाकर्षण समेत गराएको छ । 

संचालकहरुको स्वामित्वमा भएको शेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म विक्री गर्न नपाउने व्यवस्थाप्रति संघले प्राधिकरणको ध्यानाकर्षण गराएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद विक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ ।

Read More