चैत २९ गते शुक्रबार, चैत्र शुक्लपक्ष चतुर्दशी तिथि
मेष
रोकिएका कामहरू पूरा हुनेछन्। नयाँ अवसरहरू प्राप्त हुनेछ र राम्रो फाइदा हुनेछ।
वृष
आजको दिन सकारात्मक रहनेछ। लगानीले उत्साह बढाउनेछ। बचतको केही हिस्सा खर्च हुन सक्छ।
मिथुन
काममा रहेका प्रशासनिक समस्याहरू समाधान हुनेछन्। साथीभाइबाट सहयोग प्राप्त हुन सक्छ।
कर्कट
व्यापार वा व्यवसायमा नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुहोस्।
सिंह
व्यापार, साझेदारी, र लेनदेनमा लाभ मिल्नेछ। बचतको सही उपयोगले फाइदा हुनेछ।
कन्या
व्यापारबाट राम्रो आम्दानी हुनेछ र खर्च पनि नियन्त्रणमा रहनेछ।
तुला
अघिल्लो मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर काम गर्न सकिने समय छ।
वृश्चिक
लेनदेनका मामिलामा सावधानी अपनाउनुहोस्। व्यापारमा सन्तोषजनक प्रगति हुनेछ।
धनु
पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ।
मकर
नयाँ काम सुरु गरेर आम्दानीका स्रोतहरू बढाउने अवसर मिल्नेछ।
कुम्भ
व्यापारमा सफलता पाउन समय र मेहनत आवश्यक पर्नेछ।
मीन
व्यापार व्यवसायमा फाइदा हुनेछ। पारिवारिक सहयोगले कामहरू सफल बनाउनेछ।


