चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (सेयर स्वामित्वको रूपमा लगानी) ५० प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आठ महिनाको मुलुकको वर्तमान आर्थिक अवस्था सम्पत्ति प्रतिवेदनले यस्तो देखाएको हो।
बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोड रहेकोमा चालु आर्थिक वर्षको यो आठ अर्ब ४९ करोड पुगेको हो।
गत आर्थिक वर्ष २०८०/८१ मा भने यसको वृद्धिदर उच्च थियो।


