काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह-पाँचौंमा कार्यरत प्रेमबहादुर रावलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले कैलालीका प्रमुख स्टोर सहायक रावलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए।


