बंगलादेशलाई भारतीय झट्का : भारतीय स्थल नाकाबाट सामान निर्यात गर्न रोक, ‘नेपाल–बंगलादेश व्यापार धेरै प्रभावित नहुने’


बंगलादेशलाई भारतीय झट्का : भारतीय स्थल नाकाबाट सामान निर्यात गर्न रोक, ‘नेपाल–बंगलादेश व्यापार धेरै प्रभावित नहुने’

काठमाडौं । भारत र बंगलादेशबीच सम्बन्ध चिसिइरहेको बेला भारतले आफ्नो केही स्थल भन्सार नाका भएर तेस्रो देश जाने बंगलादेशको निर्यातमा दिँदै आएको अनुमति खारेज गरेको छ । 

यो निर्णयबाट बंगलादेशको नेपाल, भुटान र म्यानमारतर्फको निर्यातमा असर गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताए पनि नेपाल र बंगलादेशको अधिकांश व्यापार हुने मार्गलाई भारतको यो निर्णयले नछोएकाले दुईपक्षीय व्यापार खासै प्रभवित नहुने सरोकारवालाको भनाइ छ । 

भारतको सेन्ट्रल बोर्ड अफ इन्डाइरेक्ट ट्याक्सेज एन्ड कस्टमस् (सीबीआईसी)ले मंगलवार एक निर्देशन जारी गरी सन् २०२० को जुन २९ देखि बंगलादेशलाई दिँदै आएको सुविधा अन्त्य गरिदिएको हो । उक्त निर्णयबाट भारतको पेट्रापोल र रानाघाट हुँदै भारतको कोलकाता बन्दरगाह, एयर कार्गो कम्प्लेक्स, कोलकाता, न्हाभासेवा बन्दरगाह जाने सुविधा अन्त्य गरिएको हो । 

Read More