बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको चैत २५ सम्ममा निजी क्षेत्रतर्फ ३ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
फागुन समान्तसम्मा करिब ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा दिएका बैंक तथा वित्तीय संस्थाहरुले चैतको २५ दिनमा थप १७ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छन्।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत १२.५ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएपनि समीक्षा अवधिसम्ममा कुल ६ प्रतिशत हाराहारीले कर्जा विस्तार भएको छ। गत वर्षको यसै अवधिको तुनलामा करिब १ खर्ब रुपैयाँले कर्जा लगानी बढेको छ।


