परासी : करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको अवधिमा झण्डैं ६४ करोड राजस्व संकलन गरेको छ । चालु वर्षमा कूल १ अर्ब ३८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको आठ महिनाको अवधिमा कूल ६३ करोड ८६ लाख राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत पर्शुराम पोखरेलले जानकारी दिए ।
उक्त आठ महिनाको अवधिमा कार्यालयले ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यअनुरुप राजस्व संकलन हुन नसके पनि गतवर्षसँग यसअवधिको तुलना गर्दा १४ प्रतिशतले राजस्व संकलन बढी भएको कर अधिकृत पोखरेलले बताए ।


