नेपालमा आयात गरिँदै आएको पाम आयल कच्चा (क्रूड) हो वा प्रशोधित (रिफाइन) भन्ने विषयमा व्यवसायी र सरकारबीच चर्को विवाद उत्पन्न भएको छ। जसले गर्दा व्यवसायीले नोक्सानी व्योहोर्नु मात्र नभई सरकारले समेत करोडौंको राजश्व गुमाउनुपर्ने अवस्था बनेको छ।
लामो समयदेखि पाम आयल आयात गरी नेपालमा प्रशोधन गरेर भारत निर्यात हुँदै आएकोमा अहिले आएर बिरगंज भन्सार विभागले आयातित पाम आयल नै प्रशोधित भएर आएको दाबी गर्दै सोहिअनुसारको राजस्व तिर्नलाई भनिरहेको छ। कच्चा तेलमा १० प्रतिशत भन्सार महसुल लाग्छ भने तयारी वर्गीकरणमा भित्र्याउदा १५ प्रतिशत भन्सार महसुल लाग्छ।

