क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ हितग्राही खातामा जम्मा, दोस्रो बजारमा कहिले आउँछ?


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ हितग्राही खातामा जम्मा, दोस्रो बजारमा कहिले आउँछ?

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ प्राप्त गर्ने शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीका अनुसार गत बिहीबारनै सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आईपीओ जम्मा गरिएको हो । कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँट गरेको थियो । हितग्राही खातामा जम्मा भएको आईपीओ धितोपत्र दोस्रो बजारमा भने सूचीकृत भैसकेको छैन् । नेप्सेमा समेत सूचीकरणका लागि अन्तिम तयारी भैसकेको भनाई कम्पनीको छ ।

Read More