वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाएको ३४% प्रतिशोधात्मक कर फिर्ता नलिए मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने जनाएका हुन्। ट्रम्पले चीनमाथि ५०% नयाँ कर लगाइने जनाएका छन्।


