सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज राष्ट्रपति भवन शीतलनिवास नजिकै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।


