भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने कारागार चलान भएका छन्। सोमबार बिहान उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि लामिछाने भैरहवा कारागार चलान भएका हुन्। कारागार पुगेका लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’ उनलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ।


