२५ चैत, चितवन । दैनिक करीव ४ सयभन्दा बढी भारतीय पर्यटकहरु आउने पर्साको ठोरी नाकास्थित अमृतधारा छोटी भन्सार कार्यालय तीन महिनादेखि बन्द छ ।
भारतको पश्चिम चम्पारणसहितका भागबाट ठोरी, माडी हुँदै चितवन, पोखरा, काठमाडौं, लुम्बिनी जानका लागि भारतीय पर्यटकहरु आउने नाका बन्द हुँदा देशकै तेस्रो पर्यटकीय केन्द्र चितवन सबैभन्दा बढी प्रभावित बनेको छ ।
गत वर्ष वैशाख १९ गतेदेखि सञ्चालनमा आएको यो भन्सार गत पुस १६ गते अचानक बन्द गरिएको थियो । भन्सार किन बन्द गरियो र कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुराको पत्तो यहाँका स्थानीयहरूले पाएका छैनन् ।


