स्वास्थ्य बीमा बोर्डले तिर्न बाँकी १६ अर्ब, खातामा एक अर्बमात्रै


स्वास्थ्य बीमा बोर्डले तिर्न बाँकी १६ अर्ब, खातामा एक अर्बमात्रै

२४ चैत, काठमाडौं। स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । तर, फागुन मसान्तमा बोर्डको खातामा जम्मा १ अर्ब रकम छ ।

स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।

यही अनुपातमा हेर्दा बीमा बोर्डले चालू आर्थिक वर्षसम्ममा भुक्तानी दिन २४ अर्ब हुन आउने बोर्डका निर्देशक डा. रघु काफ्ले बताए ।

Read More