राष्ट्रपति ट्रम्प र मस्कको नीति विरुद्ध अमेरिकाभर लाखौंको प्रदर्शन


राष्ट्रपति ट्रम्प र मस्कको नीति विरुद्ध अमेरिकाभर लाखौंको प्रदर्शन

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका अर्बपति सहयोगी इलन मस्कका नीति विरुद्ध अमेरिकाभर लाखौं मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ट्रम्प र मस्कको नीतिहरु अधिनायकवादी अतिक्रमण र अर्बपति समर्थित एजेन्डा भन्दै विरोध प्रदर्शन गरेको गार्डियनले लेखेको छ । आयोजकहरुले वासिङ्टन डीसी, फ्लोरिडा र अन्यत्र ५ लाख भन्दा बढी मानिसहरु विरोध प्रदर्शनमा उत्रिएको अनुमान गरेका छन् ।

Read More