सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेन्ट लरेन्स कलेज, चाबहिलबीच आपसी सहकार्यका लागि दुई वर्षे सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार बैंकले कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, अध्ययन अवलोकन भ्रमण (फिल्ड भिजिट) लगायतका अवसरहरूमा प्राथमिकता दिनेछ। त्यसैगरी, बैंकले आयोजना गर्ने विविध कार्यक्रमहरूमा कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहनेछ।
यस्तै, कलेजले आयोजना गर्ने ‘जव फेयर’ लगायतका कार्यक्रमहरूमा सांग्रिला बैंकले समेत सहभागिता जनाउनेछ।
उक्त सहकार्यले विद्यार्थीहरूलाई वित्तीय क्षेत्रको अनुभव प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


