प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, आपसी सहकार्यबारे छलफल


प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, आपसी सहकार्यबारे छलफल

थाइल्याण्डको राजधानी बैङ्ककमा सम्पन्न छैटौँ बिम्स्टेक शिखर सम्मेलनपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ। बहुपक्षीय मञ्चको समापनपछिको यो भेटवार्ताले नेपाल–भारत सम्बन्धमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।

बैङ्ककस्थित सम्मेलनस्थलमै आयोजित भेटमा दुई देशबीचको आपसी सहकार्य, क्षेत्रीय व्यापार विस्तार, ऊर्जा साझेदारी, भौतिक पूर्वाधार तथा सिमा पार व्यापारमा सुधारजस्ता विषयहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More