नेपालमा थाई लगानीको सहजिकरणका लागि महासंघले पहल गर्ने


नेपालमा थाई लगानीको सहजिकरणका लागि महासंघले पहल गर्ने

काठमाडौं । नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी)  गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो । 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल सहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो । 

यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए । 'नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको छ । संयुक्त वाणिज्य परिषद गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ ।” उनले भन्नु भयो । 

Read More