अमेरिकाले सुरु गर्‍यो नयाँ भन्सार शुल्क, शुक्रबारदेखि लागू हुने


अमेरिकाले सुरु गर्‍यो नयाँ भन्सार शुल्क, शुक्रबारदेखि लागू हुने

२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ ।

ट्रम्पले बुधबार भारतमाथि २६ प्रतिशत ‘जस्तालाई तस्तै भन्सार महसुल’ (रेसिप्रोकल भन्सार महसुल) लगाउने घोषणा गरे।

अमेरिकाले चीनमाथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाएको छ । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ ।

Read More