१६४ जलविद्युत आयोजनाबाट साढे तीन अर्ब रोयल्टी संकलन, कालीगण्डकीको मात्रै १४ प्रतिशत हिस्सा


१६४ जलविद्युत आयोजनाबाट साढे तीन अर्ब रोयल्टी संकलन, कालीगण्डकीको मात्रै १४ प्रतिशत हिस्सा

सरकारले १६४ जलविद्युत परियोजनाबाट रोयल्टी संकलन गरेको छ।

गत आर्थिक वर्षमा १६४ जलविद्युत आयोजनाबाट तीन अर्ब ४४ करोड ४६ लाख रोयल्टी संकलन भएको छ।

गत वर्षको यो रोयल्टी संघीय विभाज्य कोषमा जम्मा भएको थियो। विभाज्य कोषबाट चालु वर्षमा ५० प्रतिशत संघीय सरकार र २५/२५ प्रतिशत प्रदेश र स्थानीय तहको खातामा जम्मा गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

गत वर्ष मात्रै थप ७ वटा जलविद्युत आयोजनाले रोयल्टी बुझाएका छन्। सम्बन्धित जलविद्युत आयोजनाले उत्पादन सुरू गरेपछि मात्रै रोयल्टी संकलन हुने गर्छ। यसको अर्थ गत वर्ष सात वटा आयोजनाको विद्युत उत्पादन थपिएको हो।

Read More