थाइल्यान्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, लगानीका लागि आह्वान


थाइल्यान्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, लगानीका लागि आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा रहेका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्यान्डबिच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबिचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए।

नेपाल र थाइल्यान्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको छ। पछिल्लो दशकमा थाइल्यान्डले विकास गरेको प्रविधि, हासिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरूका कारण अहिले समृद्ध मुलुकहरूमध्ये एक थाइल्यान्ड पर्दछ। थाइल्यान्डले सिकेका ज्ञान, सीप र हासिल गरेको नवीनतम् प्रविधिहरू नेपालमा भित्र्याउन सके र थाइल्यान्डका लगानीकर्ताहरूले नेपालमा लगानी गर्न सके नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने उनको भनाइ छ।

Read More