टोखाबाट बरामद २५ करोड रुपैयाँबढीका विदेशी मुद्राको मालिक पहिचान


टोखाबाट बरामद २५ करोड रुपैयाँबढीका विदेशी मुद्राको मालिक पहिचान

काठमाडौं । १६ दिनअघि गत ४ चैतमा काठमाडौंको टोखाबाट बरामद भएको २५ करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्राका मालिकको राजस्व अनुसन्धान विभागले पहिचान गरेको छ । कन्टेनर चालक कुसाङ लामासँगको फोन सम्पर्क र सीडीआर विश्लेषणबाट विभागले मुख्य मालिकको पहिचान गरेको हो ।

आरोपी नसमातिँदै राजस्वले नाम सार्वजनिक गरेको भन्दै प्रहरीको असन्तुष्टि

राजस्व अनुसन्धान विभागले यस घटनाको अनुसन्धान गरिरहेका बेला यसका मालिक पहिचान भएको भन्दै उसले नाम सार्वजनिक गरेको हो । सो रकम बोक्ने कुसाङ भरिया मात्रै भएको र कसको रकम हो भन्ने’bout यसअघि नै आमचासोको विषय बनेको थियो ।

विभागले त्यस दिन बरामद भएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० डलरको मालिकको नाम सार्वजनिक गरिरहँदा प्रहरीले भने यसमा आपत्ति जनाएको छ । अनुसन्धानकै क्रममा रहेका व्यक्तिलाई सार्वजनिक गर्दा प्रतिवादी भाग्न सक्ने खतरा औंल्याउँदै प्रहरीले असन्तुष्टि जाहेर गरिरहँदा राजस्व अनुसन्धान विभागले भने ठुलै घटना भएकाले नाम सार्वजनिक गरेको प्रस्टीकरण दिएको छ ।

Read More